२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसिन बिग्रिँदा ट्रमा सेन्टरमा अप्रेसन रोकियो



अ+ अ-

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक सोमबार बिहानदेखि काम नगरेपछि अधिकांश अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले बताए ।

सेन्टरमा दैनिक २० मेजर अप्रेसन हुने गर्छन् । एउटा मेसिनबाट चार–पाँचवटा अप्रेसन मात्रै सम्भव हुन्छ । तत्काल मेसिन नबने अप्रेसनको पालोमा बसेका धेरै बिरामी प्रभावित हुनेछन् । मेसिन खरिद गरिएको कम्पनीका प्राविधिकले मर्मत गर्नुपर्ने हुन्छ । सम्बन्धित भारतीय कम्पनीले मंगलबार प्राविधिक पठाउने आश्वासन दिएको निर्देशक यादवले बताए ।

‘एनेस्थेसिया मेसिन बिग्रिएको खबर स्वास्थ्य मन्त्रालय र मेसिन खरिद गरिएको भारतस्थित कम्पनीलाई गरिसकेका छौँ,’ यादवले नयाँ पत्रिकासँग भने, ‘भारतबाट प्राविधिक टोली आएपछि मेसिनको गडबडी पहिल्याउनेछ । आशा गरौँ, छिटै मर्मत होला ।’

मेसिनमा ठूलै समस्या आएको भए मर्मत समय बढी लाग्ने र खर्चसमेत मन्त्रालयले निकासा गर्नुपर्ने हुन सक्छ । यो अवस्थामा विभिन्न प्रक्रिया अपनाउनुपर्दा मेसिन प्रयोगमा ल्याउन ढिला हुने देखिन्छ । सबै मेसिन पाँच वर्ष पुराना हुन् । निर्देशक यादवले मेसिन बनेपछि पुरानै पालोअनुसार बिरामीको अप्रेसन गरिने नयाँ पत्रिका दैनिकमा खबर छ ।