२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डपस्थित फनपार्क र टुकुचाको जग्गा सम्झौता खारेज



अ+ अ-

काठमाडौं । समाज कल्याण परिषदले भृकुटीमण्डपमा सञ्चालित फनपार्क र टुकुचामा सञ्चालित तरकारी बजारको भाडा सम्झौता रद्द गरेको छ । परिषदका सूचना अधिकृत दुर्गाप्रसाद भट्टराईले भृकुटीमण्डपको फनपार्क र टुकुचाको तरकारी बजारको भाडा सम्झौता खारेज गरिएको बताए । भृकुटीमण्डपस्थित ८३ रोपनी जग्गामा पूर्वश्रमराज्यमन्त्री टेकबहादुर गुरुङले फनपार्क र ल्यामापुचःले मनोरञ्जन स्टल सञ्चालन गर्दै आएका थिए । टुकुचाको ८.५ रोपनी जग्गामा हरितकृषि सहकारीले तरकारी बजार सञ्चालन गर्दै आएको थियो ।

‘भृकुटीमण्डपमा दुईवटा कम्पनीले छुट्टाछुट्टै तवरले मनोरञ्जनका स्टल सञ्चालन गर्दै आएका थिए । त्यस्तै, टुकुचामा तरकारी बजार सञ्चालन हुँदै आएको थियो,’ सूचना अधिकृत भट्टराईले भने, ‘अब उल्लेखित दुवै ठाउँमा परिषदको अर्को आदेशविना फनपार्क र तरकारी बजार सञ्चालन गर्न पाइनेछैन । किनकि, उनीहरूसँगको भाडा सम्झौता आजैका मितिबाट खारेज गरिएको छ ।’

परिषद्का अनुसार फनपार्क र तरकारी बजारको भाडा सम्झौता अस्वाभाविक देखिएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले अध्ययनपछि सम्पूर्ण प्रतिवेदन सरकारलाई बुझाएको थियो । मन्त्रिपरिषद निर्णयपछि भाडा सम्झौता खारेज गर्न सरकारले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको थियो । मन्त्रालयले लगत्तै मातहतको समाज कल्याण परिषद्लाई भाडा सम्झौता खारेज गर्न अर्को आदेश दिएको थियो । सोही आदेशपछि आइतबार बसेको परिषद्को बैठकले फनपार्क, ल्यामापुचः र हरितकृषि सहकारीसँग भएको भाडा सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

‘आजकै मितिबाट साबिक रूपमा सञ्चालन भइरहेका फनपार्क र तरकारी बजार कानुनी रूपमा अवैध ठहरिएका छन् । उनीहरू त्यहाँबाट अब हट्नुपर्छ,’ भट्टराईले भने । परिषद्का अनुसार भृकुटीमण्डपको ८३ रोपनीमध्ये काठमाडौं फनपार्कले ६० र ल्यामपुचःले २५ रोपनी जग्गा भाडामा लिएका थिए । सम्झौताअनुसार ल्यामपुचःले ०७८ सालसम्म भाडाको जग्गा उपभोग गर्न पाउने समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।