२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्नरले जिताए हैदरावादलाई, पन्जाव पराजित



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई ४५ रनले पराजित गरेको छ ।

हैदरावादले घरेलु मैदानमा टस हारेर ब्याटिङ पाउदा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै डेविड र्वानरको ८१ रनको ठुलो योगदानमा हैदरावादले २ सय १२ रन बनाएको थियो ।

पन्जावले भने निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सक्यो । हैदरावादका लागि डेविड वार्नरले ७ चौका र २ छक्काको मद्दतमा ८१ रन बनाएका थिए ।

त्यस्तै मनीष पाण्डेले ३६ र रिद्धिमान साहले २८ रन बनाए । पन्जावका मोहम्मद शमी र कप्तान आर अश्विनले बराबर २ विकेट हात पारे ।

अर्कातर्फ पन्जावका ओपनर केएल राहुलले ७९ रन बनाएर हैदरावादको सामना गरे । उनी १८ औँ ओभरको दोस्रो बलमा आउट भए जब पन्जावका ६ विकेट गुमेर १६० रन थियो । राहुललाई अन्य कसैले साथ दिन नसक्दा पन्जावको जित निश्चित भएको थियो । क्रिस गेलले समेत ४ रन बनाएर साझेदारी तोडे । मयन्क अग्रवाल २७, निकोलस पूरनले २१ र सिमरन सिंहले १६ रन बनाए ।

हैदराबादका खलील अहमदले ४० रन दिएर तीन, राशिद खान ले २१ रनदिएर तीन र सन्दीप शर्माले ३३ रन दिएर दुई विकेट हात पारे ।

रशिदले यो पटक शानदार बलिंग गरेका हुन् । उनले यसअघि चेन्नईविरुद्व १७ रन दिएर दुई विकेट दिएका थिए ।