३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी लोकमार्गमा निर्माणाधीन पक्की पुल भत्कियो



अ+ अ-

सिन्धुली । अनक कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको ६० मिटर लामो निर्माणाधीन पक्की पुल भत्किएको छ।

मदन भण्डारी लोकमार्गमाको पश्चिमखण्ड अन्तर्गत मरिण गाउँपालिका–२ ठुलो गर्दुवा खोलामा निर्माणाधीन पक्की पुलमा बाढी पसेपछि भत्किएको आयोजनाका साइड इन्चार्ज तथा सुपरभाईजर बसन्त पोखरेलले जाकारी दिए।

यो पुल करीव १० करोड रुपैयाँको लागतमा निर्माण थालिएको थियो। मदन भण्डारी लोकमार्गको हेटौडा–सिन्धुली–चतरा खण्डमा पर्ने खोला तथा नदीहरुमा अनक कन्स्ट्रक्सनले पुलको निर्माणकार्य गर्दै आएको छ।

पुल भत्किदा झण्डै ७ करोड रुपैयाँ नोक्सान भएको पोखरेलले जानकारी दिए।