२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

४८ बर्षको उमेरमा अस्ताए संगीतकार विजु बज्राचार्य



अ+ अ-

काठमाडौं । बरिष्ठ संगीतकार विजु बज्राचायको निधन भएको छ ।

ह्रदयघात भएपछि आइतबार बिहान ११ बजे अस्पताल लैजाँदै गर्दा ४८ बर्षको उमेरमा हृदयघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

काठमाण्डौ बबरमहलस्थित आफ्नो निवासबाट निस्कीएर मोटरसाईकल चलाउँने क्रममा त्यहीँ ढलेर अचेत भएका उनलाइ उपचारको लागि सिभिल अस्पतालमा लगिएको थियो ।

अन्तिम श्रद्धाञ्जलीको लागगि उनको पार्थिक शरीरलाई पशुपति आर्यघाटमा राखिएको छ । संगीतकर्ममा साधनारत् बज्राचायले अनामनगरमा बज्र स्टुडियो सञ्चालन गर्दै आएका थिए । उनले संगीत भरेका बिस्तारै छायो आँखामा……, तिमी म भन्दा कोसौं टाढा छौ……. मै ठूली भैछुरे…….., कुन रंगको कमि थियो र? गीतहरु चर्चित छन् ।