३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बृहत्तर जनताको हितका लागि राजनीतिमा सक्रिय हुन्छु : चौधरी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विनोदकुमार चौधरीले बृहत्तर जनताको हितका लागि आफू राजनीतिमा सक्रिय हुने बताएका छन् । उनले सबैकुरा ठीकठाक भएपनि राजनीति बिग्रियो भने देश नबन्ने भएका कारणले देशलाई परिर्वतन गर्न आफू अग्रसर रहेको बताए ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको अन्तरक्रियामा बन्दै सांसद चौधरीले भने सबैकुरा ठीकठाक भएपनि राजनीति बिग्रियो भने देश बन्दैन । त्यसैले राजनीतिलाई जनता र समृद्धिसंग जोड्ने संकल्प मैले लिएको छु’।

उद्योगीका रुपमा आफूले नेपालको निजीक्षेत्रलाई अहिलेको अवस्थामा ल्याउन लिएको अग्रसरताले आज नीजिक्षेत्रलाई सम्मानजनक अवस्थामा पुर्‍याएको भन्दै चौधरीले अब बृहत्तर जनताको हितका लागि आफू राजनीतिमा सक्रिय हुने बताए।