३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति २ करोड ५० लाख !



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार निर्वाचन आयोगमा बुझाएको विवरणमा आफूसँग जम्माजम्मी सम्पत्ति २ करोड ५० लाख भारतीय रूपैँया रहेको उल्लेख गरेका छन्।

लोकसभा निर्वाचनका लागि बनारसबाट उम्मेदवारी दिएका प्रधानमन्त्र मोदीले गुजरातको गान्धीनगरमा आवासीय जग्गा, एक करोड २७ लाख भारूबराबरको एफडी, ३८ हजार ७ सय ५० नगद सम्पत्ती सहित २ करोड ५० लाख सम्पत्ती रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदी विरूद्ध कांग्रेसबाट अजय राय र सपाबसपा गठबंधनबाट शालिनी यादवले उमेदवारी दिएका छन्। बनासर पुगेर उम्मेदवारी दिएका प्रधानमन्त्री मोदिविरूद्ध एक पूर्व सैनिक तेजबहादुरले पनि उम्मेदवारी दिए छन्।