२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुला सिमाका कारण तस्कर समूह सक्रिय



अ+ अ-

बारा । अवैध तरिकाले नेपाल भित्र्याइँदै गर्दा ठूला परिमाणका मालवस्तु बरामद हुने क्रम ह्वात्तै बढेको छ । भारतसँग खुला सिमानाको फाइदा उठाउँदै तस्करीमा संलग्न हुनेहरूले दिनदिनै ठूलो परिमाणमा भन्सार छलीको मालवस्तु नेपाली बजारमा भित्र्याउने गरेका छन् ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढले केही दिन पहिले पटकपटक गरी १२ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिएको मालवस्तु थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको छ । सो प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले भारतसँग जोडिएको खुला नाकाबाट तस्कर समूहहरूले मोटरसाइकल प्रयोग गरी अवैध मालवस्तु नेपाल भित्र्याउने गरेको बताए ।

ती मोटरसाइकलसहित वीरगन्ज भन्सार कार्यालयमा थप कारबाहीका लागि पठाइएको मालवस्तुमा रेडिमेड कपडा, कस्मेटिक मामग्री, जुत्ताचप्पल, किराना समान, हार्डवेयरका सामान लगायत रहेको र त्यसको मूल्य ८ लाख रुपैयाँभन्दा बढी रहेको उनको भनाइ छ । वैशाख ४ गते दुईवटा ट्याक्टरको टेलरमुनि लुकाएर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवैध कपडासहित ट्याक्टरलाई सशस्त्र प्रहरी बलको बिओपी बरैनियाले नियन्त्रणमा लिएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाँलको नेतृत्वमा रहेको टोलीले ना १ त ७७६० र ना ४ त ३३२८ नम्बरको ट्याक्टरको टेलरमुनी लुकाइ नेपाल भित्र्याउँदै गरेको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यसमा १६० थान सुट, सर्टको कपडा २० रोल, ४६ थान सुटिङको कपडा रहेको सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाँलले बताए । खुडिया टोलमा चेकजाँचका क्रममा बरामद कपडाको बजार मूल्य १० लाख ७६ हजारको रहेको उनको भनाइ छ । ट्याक्टरलाई थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको उनले बताए। नागरिक दैनिकमा खबर छ ।