३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा हावाहुरीका कारण २ को मृत्यु



अ+ अ-

जनकपुर । जनकपुरमा विनाशकारी हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ ।

शनिबार राति आएको हावाहुरीका कारण मृत्युहुनेमा धनुषाको नगराईन ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दासको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार जिल्लाभरी हावाहुरीका कारण घर टहरा, विजुलीको पोल, रुखहरुलाई ढालेको र के कति क्षति भएको छ यसको बारे जानकारी संकलन गरिरहेको जानकारी दिएका छन ।