२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाका नाममा उद्योग गर्ता गरे ३५ प्रतिशत छुट



अ+ अ-
फाईल फोटो

काठमाडौं । महिलाका नाममा उद्योग दर्ता गर्दा छुट दिइने भएको छ । महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गर्दा लाग्ने दस्तुर र शुल्कमा ३५ प्रतिशत छुट हुनेछ ।

साथै उद्योगलाई व्यवस्थित गर्न र रुग्ण उद्योग संरक्षण गर्न विभिन्न योजना ल्याउन लागिएको सरकारले जनाएको छ । यस्तै दर्ता नगरी उद्योग सञ्चालन गरे तत्काल बन्दसहित होइन जरीवाना हुने भएको छ । संघीय संसद सचिवालयमा ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा उक्त कुरा उल्लेख छ ।

उक्त विधेयक दर्ता भएकाले उही वैशाखबाट सुरु हुने संघीय संसदको अधिवेशनमा पेश भई पारित गर्ने बताइएको छ । उक्त विधेयकमा उद्योगी व्यवसायीलाई आयकर, भन्सार महसुलमा छुट, लघु उद्यमी तथा महिला उद्यमीलाई विभिन्न छुट सुबिधा, उद्योग स्थापना गर्न जग्गा प्राप्तिमा सहजीकरण लगायतका अन्य छुट, सुविधा र सहुलियत दिने व्यवस्था गरिएको नेपाल समाचारपत्र दैनिकमा खबर प्रकाशित छ ।