२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीर्ण बन्दै ‘बाइरोडको बाटो’



अ+ अ-

हेटौंडा । हेटौंडाबाट मकवानपुरको उत्तरी क्षेत्र जाने त्रिभुवन राजपथ (बाइरोडको बाटो) सडक निकै जीर्ण बन्दै गएको छ ।

नेपालको इतिहास बोकेको सडकमा पिच उप्किएर खाल्डाखुल्डी बढेका छन् । हेटौंडादेखि भैंसे बजारसम्मको सडक केही राम्रो भए पनि भैंसेबाट माथि लागिसकेपछि सडक निकै जीर्ण र खाल्डाखुल्डी देखिएका हुन् ।

पुरानो सडकमा धेरै स्थानमा खाल्डाखुल्डी र पिच उप्किएर उक्त सडक कच्चीजस्तै बनेको छ । हिउँदमा तराई र हेटौंडामा निकै गर्मी बढेपछि दामन, पालुङ घुम्न जाने धेरै हुन्छन् । तर, सडकको खाल्डाखुल्डीका कारण दुर्घटनाको त्रास बढेको सवारीचालक बताउँछन् ।

पूर्वपश्चिम राजमार्गमा अवरोध हुँदा हेटौंडा–काठमाडौं ओहोरदोहोर गर्ने बैकल्पिक मार्गका रुपमा रहेको त्रिभुवन राजपथ जीर्ण बन्दै गए पनि मर्मतसम्भारमा कुनै कार्यालयले चासो नदिएको तरकारी लोड गरेर हेटौंडा आउँदै गरेका ट्रकचालक श्याम सापकोटा बताउनुहुन्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।