२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई सुपर किंग्स पराजित, मुम्बई दोस्रो स्थानमा



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को गए राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ ।

चेन्नईको घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो भने चेन्नईले १७.४ ओभरमा अल आउट हुँदै १ सय ९ रन मात्रै बनाउन सक्यो ।

मुम्बईका लागि ओपनर कप्तान रोहित शर्माले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६७ रनको योगदान दिए भने अर्का ओपनर इभिन लुईस ३० बलमा ३ चौका र १ छक्का सहित ३२ रनमै सिमित रहे । हार्दिक पान्ड्याले २३ रन बनाए । त्यस्तै क्विन्टन डी ककले १५ रन बनाए भने कुनाल पान्ड्या चाहि १ रन मै आउट हुन पुगे । काइरन पोलार्डले १३ रनमा अविजित रहे । चेन्नईका मिचेल सान्टनरले २,इमरान ताहिर र दिपक चाहरले समान १ विकेट लिए ।

सुरेश रैनाको कप्तानीमा रहेको चेन्नईका लागि ओपनर मुरली विजयले सर्वोच्च ३५ बलमा ३ चौका र १ छक्कासहित ३८ रन बनाए । उनी १२ औं ओभरको चौथो बलमा क्याच आउट भए ।

शेन वाटशनले ८, सुरेश रैनाले २ रन बनाए भने आम्वाती रायुडु ० रनमै बाहीरिए । केदार जाधव पनि ६ रनमै आउट भए । ड्वेन ब्राभो १७ बलमा २ चौका सहित २० रन बनाएर आउट भए ।

अन्त्यमा दिपक चाहर पनि शुन्य रनमै आउट भए लगातार चेन्नईको पतन भएपछि जितका लागि असक्षम ठहरिएको थियो । हरभजन सिंह १, इमरान ताहिर शुन्य र सान्टनर २२ रन जोड्दै अलआउटको अवस्थामा चेन्नईले हार व्यहोरेको हो ।

मुम्बईका लागि लाथिस मलिङ्गाले ४ विकेट लिए भने जसप्रित बुमराहले २ र कुनाल पान्ड्याले पनि २ विकेट लिए । अनुकुल रोए र हार्दिक पान्ड्या पनि १-१ विकेट लिए ।

यो जितसँगै ११ खेलमा ७ जितेको मुम्बई १४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १२ खेलमा ८ जितेको चेन्नई शीर्ष स्थानमै छ ।