२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभिलियर्सको शानदार प्रर्दशनमा बेंग्लोर विजयी



अ+ अ-

काठमाडौं। बुधवार राति भएको इन्डियन प्रिमियर लिग आईपिएल खेलमा रोयल चैलेन्जर्स बैंगलोरले पंजाबलाई १७ रनले पराजित गरेको छ ।

बैंग्लोरको जितका लागि एबी डिभिलियर्सले ८२ रनको योगदान दिए भने अर्को इनिंगमा तीन क्याच गरे । पन्जाबलाई जितका लागि २०३ रनको लक्ष्यलाई निर्धातिर २० ओभरमा १८५ रन मात्रै बनाउन सक्यो ।

पन्जाबका ओपनर क्रिस गेलले २३, केएल राहुलले ४२, निकोलस पूरनले ४६ र डेविड मिलरले २४ रन बनाए । बेंगलोरका उमेश यादवले ३६ रन दिएर तीन र नवदीप सैनीले ३३ रन दिएर दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिंग गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २०२ रन बनायो । बेंग्लोरका ओपनर पार्थिव पटेलले ४३ एबी डिभिलियर्सले अविजित ८२ र र्माकस स्टोइनिसले पनि अविजित ४६ रन बनाए ।

एबी डिभिलियर्सले ८२ रन मात्र ४४ बलमा ३ चौंका र ७ छक्का प्रहार गर्दै बनाएका थिए । स्टोइनिसल ३४ बलमा २ चौंका र ३ छक्का प्रहार गर्दै २६ रन बनाए । पन्जाबका मोहम्मद शमीले ५३ रन दिएर एक विकेट लिए भने हर्डस विलजोइनले पनि ५१ रन दिएर एक विकेट लिए ।

यो जितसँगै बेंग्लोर अन्तिमको दोस्रो स्थान अर्थात ७ औँ स्थानमा पुगेको छ । बेंग्लोरको ११ खेलमा ४ जितका साथ ८ अंक छ । पन्जाब ११ खेलमा ५ जितेर १० अंक सहित पाचौँ स्थानमा छ ।