२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजालाई सुरक्षामा ९६ प्रहरी



अ+ अ-

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

समाचारको अनुसार पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’मा काम गर्छन् । सइको कमान्डमा नागार्जुननिवासको सुरक्षामा १५ जना खटिएका छन् । त्यस्तै पूर्वराजाको निजी निवासको सुरक्षामा अर्का डिएसपीको नेतृत्वमा ४१ प्रहरी खटिएका छन् ।

यता पूर्वराष्ट्रपति डा। रामवरण यादवको सुरक्षामा सेनाको एक प्लाटुन र दुई प्रहरी खटिएका छन् । पूर्वराष्ट्रपतिभन्दा पूर्वराजालाई उच्च सुरक्षा दिनु गणतन्त्रकै मर्मविपरीत भएको गृहका अधिकारीहरू बताउँछन् । सुरक्षा संवेदनशीलताका आधारमा पनि पूर्वराजालाई २०–२५ जना प्रहरी पर्याप्त हुने प्रहरी अधिकारीहरू बताउँछन् । नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।