
राजविराज । सरकारी कागजात र छाप किर्ते गरी उपभोक्ता समिति बनाएर सरकारी बजेट हिनामिना गरेको आरोपमा पूर्वसभासद बीपी यादव र राजपा नेपालका केन्द्रीय सदस्य हरिनारायण मण्डललाई सप्तरी प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज, छाप तथा नागरिकता र उपभोक्ता समितिसमेत किर्ते खडा गरेका केन्द्रीय सदस्यद्वय यादव र मण्डललाई २० दिनको सुक्ष्म अनुसन्धानपछि पर्याप्त प्रमाणका आधारमा पक्राउ गरी थप अनुसन्धान अघि बढाएको एसपी राजेन्द्र विष्टले दावी गरेका छन् ।
प्रारम्भिक अनुसन्धान क्रममा यादव र मण्डलको संलग्नता देखिएपछि दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । पक्राउ गरिएका दुवै जनालाई बिहीबारै जिल्ला अदालतबाट सरकारी छाप, दस्तखत किर्ते गरेको मुद्दामा म्याद थप गरिएको छ ।
यो पनि












