२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीद्वारा सामूहिक बलात्कार, श्रीमानको मृत्यु !



अ+ अ-

काठमाडौं । श्रीमानले श्रीमतीको यौन शोषण गरेको, या हातपात गरेको समाचार अक्सर सुन्न सकिन्छ । तर अफ्रिकी देश नाइजेरियामा भने बिल्कुलै फरक घटना घटेको छ ।

यहाँ एक जना करोडपतिलाई उनका पाँच श्रीमतीहरूले लगातार बलात्कार गर्दा ती करोडपतिको ज्यान गएको छ । ती करोडपतिका छमध्ये पाँच श्रीमतीहरूले उनले सधैं कान्छी श्रीमतीलाई प्राथमिकता दिने गरेको भन्दै यसो गरेको बताइएको छ ।

नाइजेरियाको समाचारपत्र ‘डेली पोस्ट’मा प्रकाशित समाचार अनुसार यो घटना गत हप्ता नाइजेरियाको बिनेयू प्रान्तमा घटेको थियो । प्रकाशित समाचार अनुसार एक जना व्यापारी युरोको ओनोजा आफ्नी सबैभन्दा कान्छी श्रीमतीसँग शारीरिक सम्बन्ध राख्दै थिए, त्यसै बेला उनका पाँच श्रीमतीहरू छुरी र लौराहरू बोकेर आए ।

उनीहरूले व्यापारीलाई ज्यान मर्ने धम्की दिएर उनलाई पाँचै जनासँग पालैपालो यौन सम्पर्क राख्न आदेश दिएका थिए । ओनोजाले सुरुमा आफ्नी पत्नीहरूको यस आदेशलाई अटेर गरेपछि उनीहरुले ज्यान मर्ने धम्की दिएको बुझाइएको छ । उनीहरूले आफ्ना श्रीमानलाई कब्जामा लिएर जेठोबाट क्रमैसँग यौनसम्पर्क राख्न लगाएका थिए ।

ती व्यापारीले क्रमैसँग यौन सम्पर्क राख्ने क्रममा पाँचौं श्रीमतीको पालामा उनलाई हृदयाघात भएको र उनको ज्यान गएको बताइएको छ । ओनोजाकी छैठौं पत्नीले प्रहरीलाई बताए अनुसार उनकी पाँचै श्रीमतीहरू उनको ज्यान गएपछि जङ्गलतिर भागेका थिए । गाउँका मुखिया ओकेप ओदोहका अनुसार उक्त घटनाको जानकारी तत्काल प्रहरीलाई दिइएको र निजकी पाँचै श्रीमतीहरूलाई गिरफ्तार गरिसकिएको छ ।