२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् हस्तमैथुन गर्दा हुने हानी, कपाल झर्नेदेखि डिप्रेशनसम्म



अ+ अ-

एजेन्सी । हस्तमैथुन एउटा सामान्य यौन व्यवहार हो । तर यो अन्य यौन व्यवहार भन्दा यसकारण फरक छ कि अत्याधिक हस्तमैथुन गर्नाले शरीरमा मानसिक तथा शारिरीक असन्तुलन तथा अन्य साइड इफेक्ट निम्त्याउन सक्छ । तर यसको असर हरेक मानिसमा फरक फरक हुन्छ ।

त्यसभए कति पटक हस्तमैथुन गर्दा अत्याधिक हुन्छ त ? एक दिनमा २ अथवा २ भन्दा धेरै पटक हस्तमैथुन गर्नुलाई अत्याधिक मान्न सकिन्छ । अधिकांश चिकित्सकहरु हस्तमैथुन गर्ने अवधीलाई सकेसम्म कम गर्न सल्लाह दिन्छन् । चिकिस्तकहरुका अनुसार हप्ता २ देखि ३ पटकमात्रै हस्तमैथुन गर्नु उचित हुन्छ । किन ? त्यसमा थुप्रै कारणहरु छन् ।

सर्वप्रथम तपाईले यो जान्न जरुरी छ कि हस्तमैथुन गर्दा शरीरको भित्री तापक्रम बढ्छ । यसैकारणले नै हस्तमैथुनको बेला कहिलेकाही निकै गर्मी महशुस हुनेगर्छ । अझ कहिलेकाही त पसिना नै आउने गर्छ । एनेल डट ओर्ग (anael.org) नामक एक वेबसाइटका अनुसार जब चरम उत्कर्ष (स्खलन) हुन्छ, तब अबशोषणको हलचल (complex movement of absorption) पैदा हुन्छ । जसले एकप्रकारको भ्याकुम (खालीपना) पैदा गर्छ ।

खालीपनाको असर स्वरुप सेमिनल भेसिकल (seminal vesicle) भरिन खोज्छ । जसकारण लिङ्गको बाटो भएर हावा भित्र पस्छ । जुन हावा पछि सेमिनल भेसिकलबाट लिम्फ्याटिक सिस्टम (lymphatic system)मा जान्छ । जसले गर्दा सेरेब्रल न्यूरोन्स (cerebral neurons) र कोष (Cells)हरुको बीचमा थर्मल सक (thermal shock) तथा चिसोपना उत्पन्न गराउँछ । यसले सेरेब्रल, शारिरीक तथा तान्त्रिकाको सन्तुलनमा असर गर्छ ।

शुक्रकिटमा डीएनए (DNA) र आरएनए (RNA) हुन्छ । डीएनएमा वंशाणुगत गुणहरु हुन्छ भने आरएनएमा इन्जाइम, प्रोटिन, ग्लुकोसाइड्स, लेसिथिन, क्याल्सियम, फस्फोरस, जैविक नुन, टेष्टोष्टेरोन इत्यादि हुन्छ । स्खलनको बेला सानो मात्रामा यी पदार्थहरु शरीरबाट बाहिरिन्छन् ।

धेरै मात्रामा क्याल्सियम गुमाउँदा थकान तथा हड्डीको दुखाई निम्त्याउन सक्छ । हरेक पटकको स्खलन पछि शरीरले गुमाएका खनिज तथा पोषक तत्वहरु खानाबाट तथा सप्लिमेन्टस (supplementation)बाट परिपुर्ति अत्यन्तै जरुरी छ ।

अत्याधिक हस्तमैथुन (Excessive masturbation) गर्दा अथवा अझै सही अर्थमा भन्दा अत्याधिक स्खलन हुँदा पारासिम्प्याथेटिक नर्भस फङ्सन (parasympathetic nervous functions) उत्तेजित हुन्छ । जसले सेक्स हर्मोनहरु जस्तै डीएचटी (DHT, Dihydrotestosterone), एसेटिल्कोलिन (acetylcholine), डोपामिन (dopamine) तथा सेरेटोनिन (serotonin) जस्ता हर्मोनको अति उत्पादन निम्त्याउँछ । असामान्य रुपमा हुने सेक्स हर्मोनको अति उत्पादनले मष्तिष्क र एड्रिनालिन ग्रन्थीहरुलाई शरीरमा रासायनिक प्रकृयामा असाधारण परिवर्तन ल्याउन बाध्य बनाउँछ । जसले शरीरमा नकारात्मक प्रभाव पार्छ ।

अत्याधिक हस्तमैथुनको अर्को साइड इफेक्ट भनेको कपाल झर्नु पनि हो । डीएचटी हर्मोनको अत्याधिक उत्पादनले कपाल झर्ने समस्या निम्त्याउँछ । जुन अत्याधिक हस्तमैथुनको कारणले हुने गर्छ ।

अत्याधिक हस्तमैथुन गर्ने मानिसहरुमा ध्यान केन्द्रित गर्न नसक्ने तथा सम्झन नसक्ने समस्या देखिन सक्छ । जुन एसेटिल्कोलिन हर्मोनको अति उत्पादनको कारणले हुने गर्छ ।

अत्याधिक हस्तमैथुन गर्नाले मोटर नर्भस (motor nerves) तथा न्यूरो मस्कुलर इण्डिङ्स (neuro-muscular endings)मा पनि असर पर्न जान्छ । जसकारण सम्झन सक्ने क्षमतामा हानी, ध्यान केन्द्रित गर्न नसक्ने जस्ता समस्या देखिन सक्छ । अत्याधिक हस्तमैथुनले मुड स्वीङ (mood swings), निन्द्रा नलाग्ने, चिन्ता, तनाव तथा डिप्रेशन समेत निम्त्याउने कतिपय अध्ययनले देखाएको छ । त्यसकारण नै पनि हप्तामा ३ पटकसम्म हस्तमैथुनलाई कायम गर्नु उचित हुन्छ ।




भर्खरै