२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेल चोरीको आरोप लागेका कर्मचारीको सरुवा



अ+ अ-

काठमडौं । सिनामंगलस्थित आयल निगमको हवाईइन्धन डिपोबाट १९ चैत दिउँसो २ हजार लिटर तेल चोरीको आरोप खेपेका तीन कर्मचारी सरुवा भएका छन् । डिपो प्रमुख मनोज ठाकुर, उपप्रबन्धक विदुर कोइराला र ब्राउजर अपरेटर गोपाल नकर्मी प्रधान कार्यालय तानिएका हुन् ।

स्रोतका अनुसार ठाकुरलाई इन्जिनियरिङ विभाग र कोइराला तथा नकर्मीलाई गुणस्तर नियन्त्रण तथा अनुगमन विभागमा सरुवा गरिएको हो । तीनैजनाको सिनामंगल डिपोमा काम गर्ने अवधि सकिएको थियो, तर व्यवस्थापनको संरक्षणमा उनीहरू लामो समयदेखि कार्यरत थिए ।

निगमबाट प्राप्त विवरणअनुसार बढीमा ५ वर्ष मात्र काम गर्न पाउने नकर्मी सिनामंगल डिपोमा १५ वर्षदेखि कार्यरत थिए । त्यस्तै बढीमा दुई वर्ष काम गर्ने अवधि भएका कोइराला र ठाकुरको समयावधि तीन महिनाअघि सकिएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।