
डोटी । डोटी बडीकेदार गाउँपालिकाका एक बालक कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेका बडीकेदार गाउँपालिका वडा नं. ५ ओखलढुङ्गाका १३ वर्षीय बालक हर्कबहादुर थापामगर रहेका छन् ।
बुधबार बेलुका मामा घरमा जानेक्रममा कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लालबहादुर धामीले जानकारी दिएका छन्।
बेपत्ता बालकको खोजी कार्य सुरु भएको प्रहरीले बताएको छ ।












