३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट काम गरेको भन्दै मन्त्रीले मन्त्रालयकै कर्मचारीलाई रकम बाढे



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ । बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै उनिहरुलाई पुरस्कृत गरिएको हो ।

गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् ।

कसले कति पाए ?

१.नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ८ हजार रुपैयाँसहित प्रशंसापत्र
२.गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई ८ हजार रुपैयाँसहित प्रशंसापत्र
३.गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल ६ हजार रुपैयाँसहित प्रशंसापत्र
४.गृह मन्त्रालयका लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ ६ हजार रुपैयाँसहित प्रशंसापत्र
५.गृह मन्त्रालयका लेखा अधिकृत शालिकराम पराजुली ६ हजार रुपैयाँसहित प्रशंसापत्र
६.गृह मन्त्रालयका लेखापाल नरबहादुर कुँवर ६ हजार रुपैयाँसहित प्रशंसापत्र

गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आर्थिक वर्ष २०७३/७४ सम्मको खर्च २०७४/७५ मा गृहले चार अर्ब ३० करोड ९७ लाखमध्ये दुुई अर्ब ७१ करोड ६२ लाख रुपैयाँ बेरुजु फर्छ्योट गरेका छन् ।

यस्तै नेपाल प्रहरीको आर्थिक वर्ष ०७३/७४ मा ५८ करोड २५ लाख बेरुजु फर्छ्यौट गरेको छ ।