३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावकै बेला भारतमा दुई नक्सलवादी मारिए



अ+ अ-

दन्तेवाडा । भारतको छत्तीसगढ राज्यमा पर्ने कौकोन्डा प्रहरी चौकी अन्तर्गतको सुरक्षा टोलीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा दुई नक्सलवादी मारिएका छन् ।

लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीहरुले नक्सालवादी विरुद्ध सुरक्षा कारबाही गरेका हुन् । लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढको कान्कर, राज्नान्गन र महासमुन्द गरी तीन निर्वाचन क्षेत्रमा दोस्रो चरणको मतदान भएका बेला भएको सुरक्षा कारबाहीले निर्वाचनलाई पनि प्रभावित पार्ने आशंका गरिएको छ ।

यस प्रदेशमा ११ निर्वाचन क्षेत्र रहेका छन् । त्यसमध्ये बस्तार निर्वाचन क्षेत्रमा पहिलो चरणमै मतदान भइसकेको छ ।

नक्सालवादीहरुको बढी प्रभाव रहेको दन्तेवाडा र सुक्मा निर्वाचन क्षेत्रमा कडा सुरक्षाका बीच नागरिकहरुले आज बिहीबार मतदान गरिरहेका छन् ।