३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : अवे गोलमा सिटी पराजित, भिएआरले टोटनह्यामको भाग्य चम्कायो



अ+ अ-

काठमाडौं । अवे गोलमा म्यानचेस्टर सिटीलाई पराजित गर्दै टोटनह्याम च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको क्वाटर फाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीले टोटनह्यामलाई ४–३ ले पराजित गरेपनि टोटनह्याम अवे गोलका आधारमा सेमिफाइनल पुगेको हो ।

पहिलो लेगमा १–० ले विजयी भएको टोटनह्यामले अवे मैदानमा तीन गोल गरेपछि समग्रमा ४–४ को नतिजामा अवे गोलले अगाडी भएपछि उसले सेमिफाइनलको यात्रा तय गरेको हो ।

सिटीका लागि रहिम स्ट्रर्लिङ्ग, बर्नार्डो सिल्भा र सर्जियो अग्युरोले समान एक एक गोल गरेका थिए । यता टोटनह्यामका लागि सन हेङ–मिनले दुई तथा फर्नान्डो लोरेन्टले एक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती २१ मिनेटमा दुवै टोलीबाट पाँच गोल भएको थियो । खेलको चौथो मिनेटमा रहिम स्टर्लिङले गोलगर्दै सिटीलाई अग्रता दिलाए । सातौँ मिनेटमा टोट्टनहामका सन ह्युङ मिनले गोलगर्दै खेललाई बराबरीमा ल्याए । १० औँ मिनेटमा सनले लगातार दोस्रो गोल गर्दै टोट्टनहामलाई अगाडी बढाए ।

स्ट्रर्लिङ्गले २१ औँ मिनेटमा गोल गरे जसका कारण पहिलो हाफ ३२ को नतिजामा सकियो ।

त्यसपछि खेलको दोश्रो हाफको ५९ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गरे र सिटीको सेमिफाइनल यात्राको आशालाई जीवित राखे।

तर ७३ औँ मिनेटमा फर्नान्डो लोरेन्तेले टोटनह्यामका लागि गोल गरे जसका कारण खेल समग्रमा ४–४ को बराबरी पुग्यो र अवे गोलको फाइदा टोटनह्यामले पायो।

यस म्याचका दौरान खेलको ९४ औं मिनेटमा स्ट्रलिङले सिटीका लागि पाँचौ गोल गरे तर उनको सो गोल भिएआरका कारण अस्वीकृत भयो।

सेमिफाइनलमा डच क्लब अजाक्ससँग टोटनह्यामको भिडन्त हुनेछ।