३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग : लिभरपुलको सनसनी पूर्ण जित, सेमिफाइनलमा बार्सिलोनासँगको भेट पक्का



अ+ अ-

काठमाडौं । इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एफसी पोर्टोलाई ४–१ ले पराजित गर्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको हो ।

लिभरपुलको जितमासाडियो मान,मोहमद सालाह, रोवर्टो फिर्मिन्हो र भर्जिल भान डिजिकले समान एक एक गोल गरे। पोर्टोका लागि इडर मिलिटाओले एक गोल गरे ।

एकपक्षीय खेलमा २६औं मिनेटमा अग्रता लियो । लिभरपुलका लागि साडियो मानले पहिलो गोल गरे ।

६५औं मिनेटमा मोहमद सालाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि ६९औं मिनेटमा पोर्टोका इडर मिलिटाओले गोलगर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

७७औं मिनेटमा रोवर्टो फिर्मिन्होले गोलगर्दै लिभरपुलको अग्रता फराकिलो बनाए । ८४औं मिनेटमा भर्जिल भान डिजिकले चौथो गोल गर्दै लिभरपुलको जित सहज बनाएका थिए ।

खेलभर लिभरपुलको दबाबमा परेको पोर्टो घरेलु मैदानमा लाज्जास्पद हार खेप्दै च्याम्पियन्स लिगबाट बाहिरियो ।

लिभरपुले समग्रमा ६–१ गोलको नतिजा निकाल्दै सेमफिाइनलमा पुगेको हो । सेमिफाइनलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनाको सामना गर्नेछ ।