३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ किसानको नृशंस हत्याको विरोधमा अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस मनाइयो



अ+ अ-

काठमाडौं । अखिल नेपाल किसान महासंघ र फियान नेपालको आयोजनामा अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस मनाइएको छ ।


ब्राजिलको एल्डोराडो डोस काराजसमा सन् १९९६ अप्रिल १७ का दिन भूमि अधिकार र सिमान्तकृत कृषकको अधिकार रक्षा गर्न संघर्ष गरेका १९ किसानको नृशंस हत्याको विरोधमा र किसानको आफ्नो संघर्षको ऐतिहासिक संझनामा यो दिवस प्रत्येक वर्ष यसै दिन मनाइन्छ ।

महासंघका महासचिव बलराम वास्कोटाको अध्यक्षतामा संचालीत कार्यक्रममा भर्खर संयुक्त राष्ट्रसंघको महासभाबाट अनुमोदीत किसान तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसमुदायको घोषणापत्र तथा नेपालको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको ऐनको संदर्भको बारेमा छलफल भएको थियो ।

कार्यक्रमका सहभागीहरुले किसान तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसमुदायको घोषणापत्र अत्यन्त उपयोगी भएको र नेपाल सरकारले तत्काल यसलाई परिमार्जन गर्दै लागु गर्नुपर्ने तथा नेपाल सरकारले पनि किसान अधिकार ऐन जारी गरी लागु गर्नुपर्नेबारे जोड दिए । साथै नेपालको कृषिको विकास खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको ऐनको कार्यान्वयनबाट मात्र संभव रहेको सहभागीहरुको निष्कर्ष रहेको थियो ।

अन्र्तराष्ट्रिय किसान आन्दोलनका अनुसार हरेक वर्ष जस्तै यस वर्ष पनि अन्तर्राष्ट्रिय किसान संघर्ष दिवस विश्वका विभिन्न ८० भन्दा वढी देशका २५० भन्दा बढी ठाउँमा ला भियाका सदस्य संगठनले विभिन्न कार्यक्रमको आयोजना गरीे मनाउदैछन् ।

५० भन्दा बढी सहभागीको रहेको उक्त कार्यक्रममा नेपालको कृषि क्षेत्र तथा किसान आन्दोलनको क्षेत्रमा संलग्न विभिन्न किसान संगठनहरु, किसान संजाल, खाद्य अधिकार संजाल, कृषि विकास मन्त्रालय लगायतका विभिध क्षेत्र तथा निकायबाट प्रतिनिधिहरुको उपस्थिति थियो ।