३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

धूलो सहितको आँधीका कारण भारतमा ३५ जनाको मृत्यु



अ+ अ-

नयाँ दिल्ली । भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिका सहित ११ जनाको मृत्यु भएको छ ।

त्यसगरी पश्चिम राज्य गुजरातको कैयांै जिल्लामा आएको धूलो सहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदाबाद राजकोट, पटना लगायत अन्य कैयौं जिल्लाहरु यस आँधीका कारण प्रभावित भएका छन् ।

प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई क्षतिपूर्ति स्वरुप २ लाख भारु र घाइतेलाई ५० हजार भारु राष्ट्रिय कोषबाट तत्काल उपलब्ध गराइने प्रधानमन्त्री नरेन्द्र मोदीले बताए ।