३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजविराजमा भीषण आगलागी, सातवटा पसल जलेर नष्ट



अ+ अ-

राजविराज । राजविराज नगरपालिका ४ को मुख्य बजार क्षेत्रमा बिहान भएको भीषण आगलागीमा सातवटा पसल जलेर नष्ट भएका छन्।

आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

बिजुलीको लाइन सर्ट भई पशुपति स्टोरबाट सुरु भएको आगोले सहिद दशन चोकमा रहेको पशुपति रेडिमेड स्टोर,विशाल मोबाइल सेन्टर, पशुपति कोल्ड स्टोर, शौरभ शितल महल, श्री पशुपति होटल, अमृत बैष्णव होटल, र चौधरी सिको टाइम पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणमा लिन राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुणयन्त्रलाई तीन घण्टा लागेको थियो।