२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल क्रिकेटमा पन्जाबद्वारा राजस्थान पराजित



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को गए राति भएको खेलमा किंग्स इलेवन पन्जाब बिजयी भएको छ । पन्जाबको जितका लागि कप्तान आर अश्विनले ४ बलमा बनाएको १७ रनले राजस्थानलाई १२ रनले पराजित गर्न सफल भएको हो ।

जितको लागि १८३ रनको लक्ष्य पाएको राजस्थानले ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो । टस हारेर ब्याटिंग गरेको पन्जाबले १९.१ ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

पन्जाबका डेभिड मिलर ४० रन बनाएर धवल कुलकर्णीको पहिलो बलमै बटलरको हातबाट क्याच आउट गराए । त्यसपछि मैदानमा उत्रेका अश्विनले धवल कुलकर्णीकै दोस्रो बलमा चौंका प्रहार गरे । तेस्रो बलमा १ रन बनाएपछि चौंथो बलमा मैदानमा रहेका मुजीब उर रहमानले लेगबायको एक रन लिए ।

त्यसपछि धवल कुलकर्णीका बाँकी दुई बलमा छक्का प्रहार गरेर अश्विनले उत्कृष्ट प्रर्दशन गरे । यो ओभरमा अश्विनले १७ र साझेदारीमा १८ रनबनाए । अश्विनको १७ रनले पन्जाब २० औं ओभरमा ६ विकेट गुमाएर १६४ रनबाट १८२ रनमा पुग्यो ।

पन्जाबका ओपनर केएल राहुल र क्रिस गेलले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरे । गेलले २२ बलमा दुई चौका र तीन छक्कासहित ३० रन बनाए । केएल राहुलले भने ४७ बलमा ५२ रन बनाए । त्यस्तै मयंक अग्रवालले २७ रनको योगदान दिए ।

उता पन्जाबको १९श्र१ ओभरमा ६ विकेट गुमाएर १६४ रनको स्थिती जस्तै राजस्थानले पनि १९।१ ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले ५०, जोस बटलरले २३, सन्जू सेमसनले २७ र अजिंक्य रहानेले २६ रन बनाए । योसँगै पन्जाब ९ खेलमा ५ खेल जितेर १ण् अंककासाथ अंक तालिकाको चौंथो स्थानमा छ ।राजस्थान ८ खेलमा २ जितेर अंकतालिकाको ठ औं स्थानमा छ ।