३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थी निष्कासित



अ+ अ-

चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापक माथि कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई निष्कासन गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका सहायक डिन प्रा. विष्णु ओझा माथि कालोमोसो र जुक्ताको माला लगाउने विद्यार्थीलाई निष्कासन गर्ने निर्णय गरेको हो ।

निष्कासनमा पर्ने विद्यार्थीमागोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, सन्तोष खतिवडा, विभोर गौली र सुशन पौडेल रहेका छन् । उनिहरु छैटौं समेष्टरका विद्यार्थी थिए । उनिहरु ६० दिनका लागि निष्कासन भएका हुन् ।

यी विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएका थिए ।