३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रा डिग्री होल्डर विदेश गएर श्रम गर्छन् तर नेपालमा चाहिँ सिन्को पनि भाच्दैनन् : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको बाहिर गएर जस्तोसुकै श्रम गर्न पनि तयार भएपनि नेपालमा काम गर्ने युवाहरूको कमि रहेको बताएका छन् ।

शिक्षा प्रणालीमै कमजोरी रहेको कारणले गर्दा स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि विदेश जानु परेको दुखेुसो गरेका छन् ।

नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको शिक्षा प्रणालीमै कमजोरी रहेको कारण नेपालमा पढेकाहरू यहाँ श्रम गर्नुभन्दा विदेशमा नोकरी गर्नु उचित ठानिरहेको बताएका छन् ।

‘के पढ्यौं हामीले, कस्तो मान्छे बनायौं हामीले, यो विषय विचारणीय विषय हो’ प्रचण्डले प्रश्न गरे।‘हाम्रा डिग्री होल्डर धेरै पढेका छन्, तर सामान्य नोकरीका लागि विदेश जानुपर्‍या छ’ उनले भने ।