२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुष विदेशतिर लागेपछि, गाउँका महिलाहरु…



अ+ अ-

काठमाडौं । अछाम साँफेबगर नगरपालिका–५ नवाठानाकी कमला बुढा व्यवसायीक रुपमा तरकारी खेती गर्दैआएकी छन् । उनको परिवार तरकारीमै आत्मनिर्भर छ ।
यसभन्दा अघि उनले जानी नजानी आफ्नै तरिकाले तरकारी खेती लगाउँदैआएकी थिइन् ।

तरकारी लगाउँदा कहिले पातलो कहिले बाक्लो हुने र उत्पादन पनि सोचे जस्तो हुँदैनथ्यो । तर, आजभोलि त्यस्तो छैन । आईपीएम कृषक पाठशालाबाट अहिले उनले आधुनिक तरिकाले तरकारी खेती गर्न थालेकी छन् ।

‘पहिले आफ्नै तरिकाले तरकारी लगाउथ्यौँ तर, अहिले तरकारी लगाउने तरिका सिक्यौँ, शत्रु र मित्र जीवलाई पनि चिन्यौँ’, कमलाले भनिन्, ‘जसरी बालबालिका विद्यालय गएर सिक्छन् अहिले हामीले पनि तरकारी कसरी लगाउने, उत्पादन कसरी बढाउने भन्ने बिषयमा यो पाठशालामा आएर सिक्न पाएका छौँ ।’

मंसिरदेखि सञ्चालन गरिएको जारीमखोला एकीकृत शत्रुजीव व्यवस्थापन ९आईपीएम० पाठशाला सञ्चालनमा आएपछि नवाठानाका महिलाहरुलाई सहज भएको हो । यहाँका अधिकांश पुरुष रोजगारीका लागि भारत गएका छन् । गाउँका महिलाहरु भने तरकारी व्यवसाय मार्फत आत्मनिर्भर बन्न थालेका छन् । पाठशालामा सबै महिला कृषक नै छन् । २५ जनाको विभिन्न समुह बनाइएको छ । तरकारिमा चाहिने जैवीक मल उत्पादनदेखि गोडमेल, लगाउने तरिकाको विषयमा बारीमा नै गर्दै सिक्दै गरेको पाठशालाका अध्यक्ष तथा महिला कृषक अगुवा नरपता बुढाले बताइन् ।

उनी भन्छिन्, ‘अहिले एक रोपनी जमिन भाडामा लिएर बन्दा, काउली, प्याज, लसुन, टमाटर लगाएका छौँ । एउटामा परम्परागत र अर्कोमा आधुनिक व्याट भनेर विभाजन गरी तरकारी लगाएका छौँ ।’

पाठशाला सञ्चालनपछि स्थानीय महिलाहरु आधुनिक तरिकाले तरकारी लगाउने र यसबाटै व्यवसाय चलाउँदै आएका छन् । साँफेबगर नगरपालिकाका कृषि शाखाका सुरेन्द्र कुँवर एउटा कोठाभित्र तालिम दिएर सिकाउनु भन्दा यसरी नै पाठशाला सञ्चालन गर्दा कृषकहरुले छिटो र राम्रोसँग ज्ञान पाउने बताउँछन् । साथै पाठशाला सञ्चालनले महिला कृषकहरु निकै उत्साही बनेको उनी बताउँछन् । अन्नपूर्णबाट ।