
काठमाडौं । आफूलाई धर्मगुरु भन्दै एक व्यक्तिले युवतीलाई १५ दिनसम्म यौन उत्पिडन र यातना दिएको खुल्न आएको छ ।
काठमाडौँ बल्खु बस्दै आएका भारत बैसालीका ४८ वर्षीय सलिम फुल महमदले एक काठमाडौँकी २६ वर्षीया अनिता (नाम परिवर्तन) लाई यस्तो गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार आमाको उपचारमा भौतारिरहेकी अनिताको सलिमसंग बल्खुको एक मासु पसलमा भेट भएको थियो । भेटपछि उपचारका क्रममा अनिताकी आमालाई भारत लैजाने भन्दै सलिमले अनितालाई पुनः बल्खु भेट्न बोलाइ पय पदार्थ खुवाई बेहोस बनाएका थिए ।
बहोसपछि भने सलिमले अनितालाइ बल्खुबाट वीरगञ्जसम्म टाटासुमो, वीरगञ्जकबाट रिक्सामा भारतको रक्सौल र रक्सौलबाट रेलमा अजमेर पुर्याएर अनिताको लामो समयसम्म पटक–पटक बलात्कार गरेका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।












