२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव निकटलाई राष्ट्रपति भण्डारीको सम्मान



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रतिबन्ध गरेको विप्लव नेतृत्वको नेकपा निकटका शिक्षकलाइ पनि पदक वितरण गरेकी छन् ।

ध्वंसात्मक गतिविधिको भन्दै सरकारले नेविप्लव नेर्तत्वको नेकपालाई प्रतिबन्ध लगाएको लगाएको बेला राष्ट्रपति भण्डारीले भने प्रबल जनसेवाश्री पदकबाट सम्मान गरेकी छन् । भण्डारीले आइतबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह नेकपाका शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठकलाई प्रबल जनसेवाश्री पदकबाट सम्मान गरेकी हुन् ।

भण्डारीले आइतबार धेरै जनालाई पदक वितरण गरेकी थिइन् । प्र्रबल जनसेवाश्री पदक पाउने पाठक अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हुन् । गत वर्षमात्र उनी अध्यक्ष भएका थिए । राजनीतिक दलनिकट शिक्षक संगठनका अध्यक्ष भए पनि पाठकले नेतृत्व गरेको स्कुल अध्ययनअध्यापनमा अब्बल नै रहेको खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।