२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेंगलोरको उपाधि जित्ने सपना सकियो



अ+ अ-

काठमाडौं । हार्दिक पान्ड्याको अल राउण्डर प्रर्दशनमा इन्डियन प्रिमियर लिग(आईपीएल) को ३१ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गरेको छ ।

१ सय ७२ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा २२ रन चाहिएको थियो । हार्दिक पान्ड्याले पवन नेगीलाई १९ औं ओभरमा समान २ छक्का र चौका सहित २२ रन जोड्दै एक ओभर अघिनै खेल जिताए । हार्दिक १६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३७ रनमा अविजित रहे ।

त्यस अघि ओपनर क्विन्टन डी ककले २६ बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ४० रनमा आउट भए । त्यस्तै कप्तान रोहित शर्माले १९ बलमा समान २ चौका र छक्का प्रहार गर्दै २८ रन बटुले । ओपनर रोहित डी ककले पहिलो विकेटका लागि ७.१ ओभरभित्र ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए । ८ औं ओभरको पहिलो बलमै मोईन अलीले रोहितलाई बोल्ड आउट गरे । त्यसको तीनबल पछि डी ककलाई अलीले एलवी डब्लू आउट गर्दै बेंगलोरलाई खेलमा फर्काउन खोजे पनि अन्य बलरले साथ दिन नसक्दा बेंगलोर पराजित हुन पुग्यो ।

ईशान किशानले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ र क्रुनाल पान्ड्या ११ रनमा आउट भए । बेंगलोरका लागि मोईन अलीले र युजवेन्द्र चाहलले समान दुई तथा मोहम्मद सिराजले १ विकेट हात पारे ।

त्यस अघि मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनायो ‌। बेंगलोरका लागि एवी डी भिलियर्सले ५१ बलमा ६ चौका र ४ छक्का सहित ७५ रनमा रन आउट भए । २० औं ओभरको दोस्रो बलमा अक्षयदिप नाथसँग रनको तालमेल गर्न नसक्दा डी भिलियर्स रन आउट हुन पुगे ।

त्यस्तै मोइन अलीले पनि सानदार ब्याटिङ गरे । सातौ ओभरको अन्तिम बलमा पार्थिव पटेल २८ रनमा आउट भएपछि मैदान छिरेका अलीले ३२ बलमा ५ छक्का र १ चौका प्रहार गर्दै ५० रनमा क्याच आउट भए । अलीलाई लाथिस मलिङ्गाले १८ ओभरको पहिलो बलमा हार्दिक पान्ड्याबाट क्याच आउट गराए । अली र डी भिलियर्सले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै बेंगलोरको इनिङ्स उकासे । बेंगलोरका अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् ।

तेस्रो ओभरको पहिलो बलमा जोसन बेहरनडोफले किकेटकीपर क्विन्टन डी ककबाट क्याच आउट गर्नु अघि कप्तान विराट कोहलीले ८ रन बनाए । हार्दिक पान्ड्याले सुर्य कुमार यादवबाट क्याच गराउनु अघि पटेलले २० बलमा ४ चौका र १ छक्का प्रहार गरे । मुम्बईका लागि मलिङ्गाले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । त्यस्तै हार्दिक पान्ड्या र जोसन बेहरनडोफको नाममा समान १ विकेट रह्यो ।

यो जितसँगै मुम्बई ८ खेलमा ५ मा जित र ३ मा हारका साथ तेस्रो स्थानमा रहेको छ । बेंगलोरको भने अघिल्लो चरणको अव अंक गणीतिय संभावना मात्र बाँकी रहेको छ । बेंगलोर ८ खेलमा ७ मा हार १ मा जितका साथ पुछारमा छ । ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै चेन्नई शीर्ष स्थानमा छ ।