२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

४७ प्रहार, तर गोल शून्य



अ+ अ-

काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा एट्लान्टा ‘फ्रस्टेसन’ को अर्कै स्तरमा पुग्यो शायद ।

कारण, इम्पाओलीसँगको खेलमा ४७ पटक पोस्टमा बल प्रहार गरे पनि एट्लान्टाले गोल भने गर्न सकेन ।

इम्पाओलीसँग गोलरहित बराबरीमा रोकियो । एट्लान्टाका १८ वटा प्रहार त लक्ष्यमै थिए । युरोपका शीर्ष पाँच लिगमा कुनै पनि टिमले यति धेरै प्रयास गरे र पनि गोल गर्न नसकेको अवस्था थिएन ।

सन् २००६–०७ को सिजनदेखि तथ्यांक राख्न सुरु गरिएकोमा सन् २०१५ मा ला लिगामा रियल मड्रिडले ३० पटक पोस्ट प्रहार गरेकोमा १० गोल गरेको थियो ।

तर एट्लान्टाले ४७ पटकको प्रहारमा पनि एक गोल गर्न सकेन । इम्पाओलीका २१ वर्षे गोलरक्षक बाटैलोमिएज ड्रागोवस्की नायक बने ।