२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका सार्वजनिक यातायातमा स्मार्ट कार्ड, यस्तो हुन्छ यात्रु स्मार्ट कार्ड ?



अ+ अ-
तस्बिर : राजन के.सी

काठमाडौं । काठमाडौंमा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट कार्डमार्फत् भाडा तिर्ने व्यवस्था गरिने भएको छ। महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ ।

२४ चैतमा महानगरले पारित गरेको सवारी तथा यातायात व्यवस्था ऐनमा महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा कागजी र विद्युतीय यात्रु टिकट अनिवार्य प्रयोग गर्नु पर्ने व्यवस्था छ। तर, ऐनले विद्युतीय टिकट लागू गर्न जोड दिएको छ।

च्भबितभम ष्mबनभ
अहिले साझा यातायातले सुरु गरेको स्मार्ट कार्ड चाँडै सबै सार्वजनिक यातायातमा लागू गर्ने महानगरको योजना छ। स्मार्ट यात्रु कार्ड डेभिट कार्ड जस्तै हुन्छ। दुई सय रुपैयाँ तिरेर किन्न सकिने कार्डबाट दुई सय रुपैयाँ बराबरकै भाडा तिर्न मिल्छ। कन्डक्टरसँग कार्ड रिड गर्ने मेसिन हुन्छ।

यात्रु बस चडेपछि कन्डक्टरले कार्ड माग्छन् र ओर्लने स्थान सोध्छन्। यात्रुले ओर्लने स्थान बताएपछि कन्डक्टरले कार्ड मेसिनमा घोट्छन् र भुक्तानी लिन्छन्। त्यो पैसा सिधै साझा यातायातको बैंक खातामा जम्मा हुन्छ। साझा यातायातका कन्डक्टरले नै कार्ड बेच्दै आएका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।