२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ नेपाली महिला केन्यामा पक्राउ



अ+ अ-

काठमाडौं । अफ्रिकी मुलुक केन्यामा प्रहरीले १२ जना नेपाली महिला पक्राउ परेका छन् ।

मानव तस्करीबाट केन्या पुर्याइएका ठानिएका ती महिलालाई प्रहरीले एक नाइट क्लबमा छापा मारेर पक्राउ गरेको हो । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार छापा मार्ने क्रममा क्लब मालिक आसिफ अलिराली इलिभाइ जेजेठासँगै १२ नेपाली महिलालाई पक्राउ गरेको छ।

प्रहरीले छापा मार्दा महिलाहरुले मनोरञ्जन प्रदान गरिरहेको भेटिएको मोम्बासाका डेपुटी पुलिस कमाण्डेन्ट जोसेपले स्थानीय ‘एनटीभी’ लाई बताएका छन् । उनीहरुलाई कसरी केन्या पुर्याइयो भन्ने प्रष्ट भएको छैन । आजको नेपाल समाचारपत्रमा समाचार छ ।