२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको इन्टरनेट र टेलिफोन संसारकै महंगो



अ+ अ-

काठमाडौं । संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महंगो देखिएको छ ।

महालेखापरीक्षकको कार्यालले नेपालको टेलिफोन र इंटरनेट सेवाको मूलय संसारभरकै अत्याधिक महंगो देखिएको बताएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको विवरषणअनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवाको मुनाफा मूल्य संसारभर अन्य मुलुकको भन्दा दोब्बरसम्म उठाउने गरेको पाइएको छ । महालेखाले यो उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत हुने ठहर गरेको छ ।

अन्य देशका टेलिकम सञ्चालकहरुले जम्मा ६ देखि २४ प्रतिशतसम्म मात्र मुनाफा राख्छन् भने नेपालका टेलिकमहरुले ५८ देखि ६२ प्रतिशतसम्म मुनाफा राख्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।