२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयमा आशाका किरण



अ+ अ-

काठमाडौँ । अनिश्चयसँगै सुरु भएको थियो न्यायालयका निम्ति वर्ष २०७५ । प्रधानन्यायाधीशको नेतृत्वमा रहेको इजलास न्यायाधीशबाटै अवरुद्ध, प्रधानन्यायाधीशको अस्वाभाविक बहिर्गमन, भावी प्रधानन्यायाधीशको अनिश्चितता यस्तै–यस्तै प्रकरणमा गुज्रिएको थियो न्यायालय ।

संसदीय सर्वोच्चता र न्यायिक निष्पक्षताको बहस पनि वर्ष २०७५ को पूर्वसन्ध्यामा नै चुलिएको थियो । संसद् र न्यायालयबीचको द्वन्द्व सतहमा नै आयो । न्यायालय अस्थिर भइरहने क्रम वर्षको मध्यसम्म नै चल्यो ।

अन्योलताको पृष्ठभूमिमा पुस तेस्रो सातादेखि न्यायालयमा नयाँ नेतृत्व आयो । पुस १८ गतेदेखि न्यायलयको नेतृत्वमा चोलेन्द्रशमशेर जबरा पुग्नुभयो । दुई दशकपछि न्यायलयले चार वर्षे कार्यकालसहितको नेतृत्व पायो । संसदीय सुनुवाइमा जबराले गर्नुभएका प्रतिवद्धता र कार्यकाल सम्हालेसँगै अगाडि सारेका केही ‘मुभ’का कारण राणा केही समय चर्चामा पनि रहनुभयो । विगतमा राणाप्रति नकारात्मक टिप्पणी गरिरहेकाहरूले पनि शङ्काको सुविधा दिए । सुरुवाती केही कामले न्यायालयमा आशाको सञ्चार ग¥यो ।

कार्यभार सम्हालेसँगै ३३ किलो सुन प्रकरणको आदेश बदर गर्ने केही न्यायाधीश कारबाहीका लागि काजमा तानिएपछि प्रधानन्यायाधीशको तारिफ भयो । सुन प्रकरणसँगै न्यायपरिषद्मा परेका उजुरीलाई छानबिनमा तीव्रता दिँदै थुप्रै न्यायाधीशको धमाधम काज सरुवा तथा जिम्मेवारी मुक्त गरिएपछि न्यायलय शुद्धीकरणमा प्रधानन्यायाधीशको साँच्चिकै चासो रहेको टिप्पणी भयो । केही हदसम्म न्यायालयभित्रका बेथिति बाहिर आए । न्यायाधीश तथा फाँटवाला ढुक्कसँग ‘शुभलाभ’ गर्न हच्किए । बेञ्च सहयोगी दुरुपयोग गरेर रकम असुल्ने आरोल लागेका न्यायाधीशहरू पनि क्रमशः छानबिनमा तानिए । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।