२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ महिनामा २० हजारभन्दा बढी मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा २ सय ३५ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । आयोगले गत साउन महिनादेखि चैत मसान्तसम्ममा ती मुद्दा दायर गरेको हो ।

यस अवधिमा भ्रष्टाचार विरुद्ध ९० वटा स्टिङ अपरेशन गरी १ सय २७ जनामाथि कारबाही गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा १ सय ९४ मुद्दा अदालतमा दायर गरिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा अभियोजनमा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष आयोग भ्रष्टाचार विरुद्धका मुद्दामा वृद्धि भएको जनाईएको छ । गत आर्थिक वर्षमा १९ हजार ४ सय ८८ उजुरी आयोगमा रहेको थियो भने यस चालु आर्थिक वर्षको ९ महिनामा २० हजार भन्दा बढी मुद्दा दायर गरिएको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।