३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्गिय पण्डित चेतोनाथ अधिकारीको संझनामा श्रद्धाञ्जलीसभा



अ+ अ-

लमजुङ- लमजुङको दुधपोखरी गाउँपालिका २ का समाजसेवी, पण्डित एवं नेपाली काँग्रेस लमजुङका क्रियाशील सदस्य स्वर्गिय चेतोनाथ अधिकारीको संझनामा उहाँको १३ औं पुण्य तिथिको अवसरमा शनिबार लमजुङको विचौरमा शोकसभाको आयोजना गरियो ।

नेपाली काँग्रेस लमजुङ र दुधपोखरी सम्पर्क समाजका तर्फवाट छुट्टा छुट्टै शोकसभाको आयोजना गरिएको थियो ।

त्यस अवसरमा दुधपोखरी गाउँपालिकाको मात्र नभई सिङगो लमजुङ क्षेत्रकै घरोहर, समाजसेवी, पण्डित एवं शिक्षाप्रेमी स्वर्गिय अधिकारीले पु¥याउनुभएको योगदानको चर्चा गरिनुकासाथै उहाँको असामयिक निधनले त्यस क्षेत्रको आशाको दियो निभेको बताइयो ।

शोकसभाका नेपाली काँग्रेस लमजुङका पूर्व सभापति तुलसी नारायण श्रेष्ठ, लमजुङ दुधपोखरीका सभापति गमवहादुर गुरूङ, कृष्ण प्रसाद कोइराला, विष्णु प्रसाद धिताल, कलमप्रसाद धिताल, रामहरि न्यौपाने, गोविन्द दवाडी, मानसिंह गुरूङ, होमनाथ न्यौपाने, गणेस गुरूङ, मधुसुदन दवाडी, स्थानेश्वर दुवाडी, एकनाथ दुवाडी तथा स्वर्गिय अधिकारीको धर्मपत्नी चन्दादेवी अधिकारी र छोरा कृष्ण अधिकारी लगायत त्यसक्षेत्रमा थुप्रै स्थानियवासिको उपस्थिति थियो । त्यसक्रममा एक मिनेट मौन धारणा गरेर उहाँको स्मरण गरिएको थियो ।

स्वर्गिय अधिकारी राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक कृष्ण अधिकारीका पिता हुनुहुन्छ ।


स्वर्गिय अधिकारीको ६९ वर्षको उमेरमा चैत ११ गते हृदयाघात बाट लमजुङ दूधपोखरी गाउँपालिका २ स्थित आफ्नै निवासमा निधन भएको हो ।

वागेश्वरी मावि विचौरका पूर्व प्रधानाध्यापक समेत रहनुभएका स्वर्गिय अधिकारीका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । स्वर्गिय अधिकारीका पुष्पाञ्जली, सन्तान थरी थरिका लगायतका दर्जनौं कृतिहरू प्रकाशित छन् ।