२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाका ८ खेलमा डिएगो कोस्टालाई प्रतिबन्ध



अ+ अ-

म्याड्रिड । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका स्ट्राइकर डिएगो कोस्टालाई ८ खेलको प्रतिबन्ध लगाइएको छ। कोस्टालाई ला लिगाका ८ खेलमा प्रतिबन्ध लगाइएको हो।

कोस्टालाई गत आइतबार बार्सिलोनाविरुद्धको खेलमा रेफ्रीमाथि अपशब्द बोलेको ठहर गर्दै प्रतिबन्ध लगाइएको हो। सो खेलमा एट्लेटिकोमाथि बार्सिलोनाले २-० को जित हात परेको थियो।

खेलको पहिलो हाफमा रेफ्रीमाथि अभद्र व्यवहार गरेका कोस्टलाई रातो कार्ड देखाइएको थियो। ३० वर्षीय स्ट्राइकर कोस्टाले रेफ्री जेसस गिल मन्जानोसँग ठूलो स्वरमा कराएका थिए भने उनलाई समातेका थिए। जसका कारण उनलाई २८ मिनेटमा रातो कार्ड दिइएको थियो।

लिगमा अब सात खेल बाँकी रहेको अवस्थामा कोस्टाले अब सिजनका सबै खेल गुमाउनेछन्।