२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरकानुनी रूपमा बसोबास गर्ने ९६ विदेशी देश फिर्ता



अ+ अ-

काठमाडौं । गैरकानुनी कार्यमा संलग्न रहेका ९६ विदेशी नागरिकलाई सरकारले उनीहरुकै देश फिर्ता गरेको छ । अध्यागमन विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ९६ जनालाई देश फिर्ता गरिएको हो ।अवैध कार्यमा संलग्न उनीहरु मध्ये अधिकांशको भिसा अवधि सकिएको थियो ।

गैरकानुनी रूपमा नेपालमा बसेर उनीहरूमध्ये अधिकांश विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहदै आएका थिए । तीमध्ये पनि धेरैजसो लागूऔषध ओसारपसार तथा सुन तस्करीजस्ता गतिविधिमा संलग्न रहेको विभागले जनाएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार यसरी अवैध रूपमा नेपाल बस्नेमा चिनियाँ नागरिक सबैभन्दा बढी रहेका छन् । चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा निःशुल्क भिसा उपलब्ध हुने गर्दछ । यद्यपि, उनीहरू विभिन्न व्यापारिक तथा आपराधिक कार्यमा संलग्न रहने गरेको पाइएको विभागले जनाएको छ ।

लागूऔषध ओसारपसार र सुन तस्करीमा

विदेशी नागरिकलाई नेपाल प्रवेशको स्वीकृति दिने, भिसा अवधि थप गर्ने, निषेधित क्षेत्रमा प्रवेशको अनुमति दिने र नेपालीहरूको विदेश प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने तथा अध्यागमनसम्बन्धी आपराधिक मुद्दाका व्यवस्थापन गर्नेजस्ता कार्य अध्यागमन विभागले गर्दै आएको छ । विभागका पोखरासहित देशका मुख्य १० नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयहरू छन् । यसरी विभिन्न नाका तथा हवाई मार्गमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई नेपाल प्रवेश गर्ने क्रममा अध्यागमन कार्यालयमा सोझै भिसा दिने व्यवस्था पनि रहेको छ ।

नेपाल प्रवेश गर्नुअगावै भिसाका लागि आवेदन दिनुनपर्ने भएकाले विभिन्न आपराधिक गतिविधिमा संलग्न विदेशी नागरिक पनि सजिलै नेपालमा भित्रने गरेका छन् । नेपाल प्रहरीका अनुसार यसरी विभिन्न आपराधिक मानसिकता बोकेर नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरू सुन तस्करी, लागूऔषध बेचबिखन, अवैध व्यापार, अवैध मुद्रा ओसारपसार र यौनजन्य गतिविधिमा संलग्न हुने गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा खबर छ ।