२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा गुड्लान् त रात्रिकालीन बस ?



अ+ अ-
तस्बिर : राजन के.सी

काठमाडौँ । विश्वका जुनसुकै देशका राजधानी सहर मध्यरातसम्म चलायमान हुन्छन् । जहाँ झिलिमिली लाइट र मान्छेको चहलपहलले रात पनि दिनजस्तै झिलिमिली देखिन्छ ।

तर, नेपालको राजधानी सहर काठमाडौँ भने विश्वका अन्य देशको तुलनामा ठ्याक्कै उल्टोजस्तै छ । नेपालको राजधानी सहर काठमाडौँ बेलुका ८ नबज्दै ठप्प अर्थात् सुनसानजस्तै हुन्छ ।

बेलुकाको साढे ७ नबज्दै उपत्यकाका सार्वजनिक बस मात्रै होइनन्, अन्य व्यवसायिक केन्द्र पनि ठप्प जस्तै हुन्छन् । ठमेल र दरबारमार्गलाई अपबाद छाडेर अन्य ठाउँ ठप्पजस्तै हुन्छ । जसले गर्दा काठमाडौँ सहरमा बेलुकाको साढे ७ बजेपछि सार्वजनिक यातायात समेत गुड्दैनन् । जसको कारणले सर्वसाधारण सहज ढंगले यात्रा गर्न समेत पाउँदैनन् । समाचार नागरिक दैनिकमा प्रकाशित छ ।