काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबारदेखि चितवनमा शुरु भएको सेन्टरको चौथो महाधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । माओवादी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहाकार रहेका उनी प्रेस सेन्टरको निर्वतमान महासचिव पनि हुन् ।
साथै, महाधिवेशनको बन्द सत्रले १९९ सदस्सीय समिति घोषणा गरेको छ । बन्दसत्रमा गठन गरिएको अध्यक्ष मण्डलले पछि १५ थप गर्ने गरी सदस्यको नाम सार्वजनिक गरेको हो । सहजिकरणका लागि गोविन्द आचार्यको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । बन्दसत्रले १८ बुँदे घोषणापत्र जारी गरेको छ ।












