२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्ध चारवटा उजुरी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभाका सांसद नरोत्तम बैद्यले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्तविरुद्ध उजुरी दिनुभएको छ ।
मंगलबार कार्यालय समय सकिन ५ मिनेटमात्र बाँकी हुँदा संसदीय सुनुवाई समितिको सचिवालय सिंहदरबार पुगेर बैद्यले उजुरी दिनुभएको हो ।

वैद्य काठमाडौं–४ (१) बाट निर्वाचित कांग्रेसका प्रदेश सांसद हुनुहुन्छ । बैद्यले भन्नुभयो –‘पार्टीनिकट व्यक्ति भनेर चिनिएका थपलियालाई लोकसेवा आयोगको प्रमुखको जिम्मेवारी दिँदा स्वतन्त्रपूर्वक निर्वाचन र त्यसको परिणाम सबैले मान्य हुनेगरी आउँछ कि आउँदैन भन्ने मेरो प्रश्न हो । वहालवाला सचिवलाई त्यसरी प्रमुख बनाइएको इतिहास छैन र यसो गरिनुपनि हुँदैनथ्यो ।’

बैद्यले सरकार नेतृत्वको पार्टीले गलत मनाशय राखेर थपलियाको नाम प्रस्ताव गरेको आरोप लगाउनुभयो । उहाँले थपलियालाई गरिएको सिफारिसले संवैधानिक कानून र लोकतान्त्रिक गणतन्त्रकै खिल्ली उडाएको तर्क गर्नुभयो ।
थपलियाविरुद्ध उजुरी दिनका लागि शुक्रबारसम्मको म्याद छ । यसका लागि गोरखापत्र दैनिकमा चैत्र २० गते सूचना जारी गरिएको थियो ।

थपलियासँगै समावेशी आयोगका लागि प्रस्तावित सदस्य विष्णुमाया ओझाको विरुद्धमा पनि उजुरी दिन आव्हान गरिएको छ । संसदीय सुनुवाई समितिका सचिवालयका नायव सुब्बा रुपक पाण्डेले थपलियाविरुद्ध मंगलबारसम्म ४ वटा उजुरी परेको बताउनुभयो ।

‘कसको उजुरी परेको छ भन्ने दिन मिल्दैन, उजुरीकर्ताले आफैं दिए त्यो बेग्लै कुरा हो’ पाण्डेले भन्नुभयो ‘समितिको बैठकमा मात्र उजुरी खोलिन्छ र त्यसपछि छलफल हुन्छ ।’

पाण्डेले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध कुनै उजुरी तथा गुनासो नआएको बताउनुभयो । न्यायाधीशविरुद्ध उजुरी दिनका लागि बैशाख २ गतेसम्मको समय छ । संघीय संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले उजुरी दिनेको नाम र विवरण दिन मिल्ने व्यवस्था नभएको बताउनुभयो ।

‘उजुरी गोप्य नै राख्ने भनिएको छ, उजुरी पहिले नै खुलस्त गर्दा उजुरीकर्तालाई पनि असर पर्न सक्छ’ अर्यालले भन्नुभयो ‘समितिले दिने भनेर निर्णय ग¥यो भने हामीलाई समस्या छैन तर व्यवहारिक रुपमा अहिलेसम्म त्यस्तो व्यवस्था छैन ।’
अर्यालले जुनसुकै माध्यमबाट पनि समयभित्र उजुरी आए हुने बताउनुभयो । जसको लागि इमेल, फ्याक्स, चिठी वा अरु माध्यम प्रयोग गर्न सकिन्छ ।

सुनुवाईसम्बन्धी सूचना दिँदा गोरखापत्रमा मात्र दिने गरिएको छ । केही केहीले यसको पनि विरोध गरेका छन् । सबैखाले सञ्चारमाध्यममा सूचना गरेर सामूहिक रुपमा वहस चलाउनुपर्ने सुझाव छ । प्रस्तावित उम्मेदवारको विषयमा प्रशस्त रुपमा छलफल नभएको सर्वसाधारणको गुनासो छ ।

संवैधानिक परिषद बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई चैत्र ११ गते प्रस्ताव गरेको थियो । आयोगका प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवको कार्यकाल अघिल्लो दिन ९चैत्र १० गते० सकिएको थियो ।
थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव हुनुहुन्छ । उहाँको सेवा अवधि आगामी बैशाख ८ गते सकिँदैछ । उहाँ प्रमुख आयुक्तमा सिफारिस भए ६ वर्षको कार्याकाल रहने छ ।

संविधानको धारा २८४ को उपधारा ३ मा लेखिएको छ ‘ संवैधानिक परिषदले प्रधान न्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधानबमोजिम नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ ।’

प्रमुख आयुक्तमा सिफारिस भएमा उहाँको कार्यकाल ६ वर्षको रहने नेपाल समाचारपत्र दैनिकमा खबर छ ।