काठमाडौं । समायोजनपछि कर्मचारी कार्यस्थलमा नखटिँदा समस्या निम्तिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो पटक करिब ६ सय भन्दा वढी चिकित्सकलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो। तर, चिकित्सकहरुले सबैलाई संघअन्तर्गत राखेर समायोजन नगरेसम्म काममा नफर्किने चेतावनी दिँदै आकस्मिकवाहेकका सेवा ठप्प पारिरहेका छन्।
संघीय मामिला तथा सामान्य मन्त्रालयका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकामा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन भएका छन् । यसअनुसार संघमा ८ हजार ४ सय ४९ कर्मचारी अपुग छ।
७ वटा प्रदेशमा २२ हजार २ सय ९७ कर्मचारी दरबन्दी स्वीकृत भएको छ । तर, १३ हजार ८ सय २१ कर्मचारी मात्र समायोजन भएका छन् । प्रदेशमा ८ हजार ४ सय ७६ कर्मचारी अपुग देखिन्छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।













