२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा यातायातका ३५ प्रतिशत यात्रुले तिर्दैनन् भाडा



अ+ अ-

काठमाडौं । साझा यातायातमा चढ्ने यात्रु मध्ये ३५ प्रतिशतले भाडा तिर्दैनन । दुई वर्षदेखि निरन्तर घाटामा गएको साझाले सामाजिक उत्तरदायित्व भन्दै ७० वर्ष माथिका जेष्ठ नागरिक, बालबालिका र अपांगता भएकासँग भाडा लिँदैन ।

यस्तै विद्यार्थीलाई पनि झण्डै ५० प्रतिशत भाडा छुट दिने गरेको छ । साझा बस चढ्ने यस्ता यात्रु करिब ३५ प्रतिशत रहेको साझाले जनाएको छ । ‘सामाजिक उत्तरदायित्व बहन गरिरहेका छौं । त्यस अन्तर्गत करिब ३५ प्रतिशत यात्रुले भाडा छुट पाउँछन्,’ संचालक समितिका सदस्य वसन्त आचार्यले भने ।

साझा यातायातले आर्थिक वर्ष ०७४/७५ मा एक करोड ७८ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा साझाले एक करोड ८२ लाख ६५ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । आम्दानीभन्दा खर्च बढी भएपछि साझा निरन्तर घाटामा गएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।