२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानले ‘नर्सिङ’ र सफाइ क्षेत्रमा कामदार लैजाने



अ+ अ-

काठमाडौं । नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी ९एमओसी०) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ क्षेत्रमा नेपाली युवा लैजाने सम्बन्धमा छलफल अघि बढाएका छन्।

दुई देशबीच चैत ११ मा श्रम समझदारी भएपछि प्राविधिक टोलीले कस्ता श्रमिक लैजाने भन्ने सम्बन्धमा छलफल गरिरहेका बेला जापानका नर्सिङ र सफाइ क्षेत्रका रोजगारदाताले नेपाली पक्षसँग अनौपचारिक छलफल अघि बढाएका छन्।

नेपाल र जापानबीच समझदारीमा विभिन्न १४ क्षोत्रमा नेपाली कामदार माग गर्ने जनाइए पनि नर्सिङ र सफाइ क्षेत्रमा नेपाली कामदार लैजाने सम्बन्धमा छलफल सुरु भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ।