२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सडक टाल्न नसक्ने सरकार रेल र पानीजहाजको गाना बजाएर हिडेको छ’



अ+ अ-

रामेछाप । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधीका कारण असफल हुने बताएका छन्।

शनिवार रामेछाप सदरमुकाम मन्थलीमा आयोजित नेपाल शिक्षक संघ रामेछापको कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान अवस्थामा केन्द्र, प्रदेश स्थानीय तहमा कम्युनिस्टको हालीमुली रहेता पनि त्यो अब धेरै नटिक्ने बताएका हुन। उनले कम्युनिस्ट सरकारलाई कांग्रेसको विगतको इतिहास हेर्ने हो भने राजनीतिक इतिहासमा निकै अगाडि रहेकाले हल्का रुपमा नलिन आग्रह गरेका छन्।

उनले वर्तमान सरकार हत्या र भ्रष्टाचारको पयार्यझैं बनिसकेको यो अवस्थामा सरकार टिक्ने आधार नै समाप्त हुँदै जान लागेको बताए। कांग्रेसको अर्थनीतिमा टिकेको वर्तमान सरकार सडक त टाल्न सकिरहेको छैन रेल र पानी जहाज संचालन गर्ने होहल्लालाई गाना ठानेर हिडेको बताए। यो खबर आजको नागरिक दैनिकमा छ।