२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशको पिडा : हुरीले घाउ लगायो, वर्षाले झनै चर्कायो



अ+ अ-

बारा । फेटा गाउपालिका १ भलुहिभर्वोलियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो कारण थियो– बिहान सबेरैदेखि वस्तिमाथि आकासमा मडारिएको कालो बादल ।

रामसुन्दरजस्तै हावाहुरीबाट प्रभावित क्षेत्रका बासिन्दाहरुको चिन्ता साँझ पर्न नपाउदै वास्तविकतामा परिणत भयो । दिउसो हल्का मात्र बर्षा भएको हुरी प्रभावित क्षेत्रमा साझ ६ बजेबाट हावाहुरीसहित भिषण बर्षा भयो । साँझ छिप्पिदै जादा बढेको बर्षाले हुरी प्रभावितलाई थप बिचल्लिमा पा¥यो ।

बर्षाले राहतमा पाएका अन्नपात र लत्ताकपडा बर्षाले भिजाएर नष्ट गर्यो भने बस्ने÷सुत्ने ठाउँसमेत हिलाम्मै बनायो । केही स्थानमा खेतमै टेन्ट हालिएकोले डुबानको समस्यासमेत उत्पन्न भएको स्थानीय प्रहरीका भनाइ छ ।

राहतमा पाएको सामान भिजेकोमा भन्दा पनि पटकपटकको बर्षा र हुरीले पिडितलाई आतङ्कित पारेको फेटा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयप्रकास दास बताउनुहुन्छ । ‘फेरि आइतबारको जस्तै हुरीबतास आउने हो कि भनेर सबै त्रसित छन, उनी भन्छन्, हुरीले बनाएको घाउमा बस्न लागेको खाटा उक्किएजस्तै भएको छ ।’ नेपाल समाचारपत्र दैनिकमा खबर प्रकाशित छ ।